अनुसन्धानमा खारिएका डा. सुवेदी राष्ट्रिय प्रकृति संरक्षण कोषमा सदस्य-सचिव

काठमाडौं – सरकारले संरक्षण क्षेत्रको अनुसन्धानमा खारिएका डा.नरेश सुवेदीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य-सचिवमा नियुक्त गरेको छ ।कोषका अध्यक्ष डा. कृष्ण ओलीले डा. सुवेदीलाई  सदस्य सचिवमा नियुक्त गरेका हुन् ।


यसअघि नै उनले राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यक्रम निर्देशक समेत भएर काम गरिसकेका छन् । उनी त्यहाँ उक्त पदमा रहँदा हिउँ चितुवा, हात्ती र बाघहरूको अनुसन्धानात्मक कार्यक्रममा सक्रिय थिए भने, प्रकृति संरक्षणमा केन्द्रित राष्ट्रिय स्तरमा नीतिगत हस्तक्षेपहरूमा पनि उनको अब्बल भूमिका रहेको थियो ।


वन्यजन्तु विज्ञान वन अनुसन्धान संस्थान विश्वविद्यालय, देहरादून, भारतबाट गैंडाका विषयमा विद्यावारिधि प्राप्त डा.सुवेदी प्रकृतिको संरक्षणका लागि कोषमा आवद्ध रहेर लामो समय देखि काम गरिरहेका छन् ।


प्रकृति संरक्षणका क्षेत्रमा कार्यरत कोषमा उनी लामो समयदेखि आवद्ध रहेर विशेषगरी अनुसन्धानमूलक काम गरिरहेका छन । सन् २००१ देखि उनी संरक्षण क्षेत्रमा आवद्व छन् ।


सन् २०१७ देखि २०२३ सम्म उनले कोषमा संरक्षण कार्यक्रम प्रबन्धकका रूपमा काम गरेका थिए । उक्त अवधिमा मध्य हिमाली क्षेत्र अन्नपूर्ण–मनस्लु)मा हिउँ चितुवा र शिकार आधार निगरानी परियाजना कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।


यसैगरी बाँके–बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ र शिकार आधार अनुगमन आयोजना, नेपाल तराईमा गैँडाको अनुगमन र निगरानी, नेपालका लागि हात्ती संरक्षण कार्य योजना र घडियाल अनुगमन र विकास कार्यक्रमहरू नी प्रबन्धक भएकै समय सञ्चालन भएका थिए ।


राष्ट्रिय प्रकृति संरक्षण कोष भित्रै विभिन्न पदमा रहेर प्रकृतिको संरक्षणमा काम गर्दै खारिएका सुवेदीले सन् २०१३ देखि २०१७ सम्म कोषमा वरिष्ठ संरक्षण अधिकृत तथा तराई कार्यक्क्म संयोजक भएर विभिन्न परियोजना र कार्यक्रम सञ्चालन गरेका थिए ।


उनले उक्त अवधिमा पर्सा संरक्षण कार्यक्रम, जैविक विविधता संरक्षण केन्द्र, बर्दिया संरक्षण कार्यक्रम र शुक्लाफाटँा संरक्षण कार्यक्रममा केन्द्रीय कार्यालयबाट समन्वयकारी भूमिका निर्वाह गरे । ती स्थानमा परियोजनाको डिजाइन, सुपरिवेक्षण र अनुगमनको काम गरेका उनले तराईमा वातावरणसम्बन्धि वैज्ञानिक अनुसन्धान गतिविधिहरूको नेतृत्व पनि गरे ।


सन् २००९ देखि २०१३ सम्म कोष अन्तर्गतकै जैविक विविधता संरक्षण केन्द्र, चितवनमा प्रियोजना संयोजक भए । यस अवधिमा उनले विभिन्न परियाजनाहरूको डिजाइन, तीनको कार्यान्वयन र रिपाेि र्टबको काम गरे । डा.सूवेदी त्यस समय चितवन र पर्सामा संचालित आयाजेनाहरूको संयोजनक पनि भए ।


उनको संयोजनमा त्चितवन र पर्सामा प्राकृतिक स्रोत संरक्षण र व्यवस्थापन, जीविकोपार्जन सम्बन्धि गतिविधिहरू, जैविक विविधता अनुसन्धान र अनुगमन, लैङ्गिक र सामाजिक समावेशीकरण, संरक्षण शिक्षा, पर्यटन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन र समुदायमा आधारित कार्यक्रम संचालन भएका थिए यस अवधिमा त्यहाॅ बेलायत सरकारको डार्विन इनिसिएटिभ्स, युएस फिश एन्ड वाइल्डलाइफ सर्भिस, जुलोजिकल सोसाइटी अफ लन्डनको ठूला–ठूला लगानी परियोजनाहरू सञ्चालनमा थिए ।


त्यस अघि सन् २००३ देखि २००८ सम्म बर्दिया संरक्षण कार्यक्रममा परियोजना इन्चार्ज भएका उनी सन् २००१ देखिनै प्रकृतिसँग जोडिएका हुन ।


सन् २००१ देखि २००३ सम्म उनले बर्दिया राष्ट्रिय निकुन्जमा रही तराई भू-परिधी कार्यक्रममा काउन्टरपार्ट अफिसरको अनुभव संगालेका थिए ।


यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य-सचिवमा हेमन्त मिश्र, डा. चन्द्रप्रसाद गुरुब, जयप्रताप राणा, अरुप रजौरिया, निरञ्जन कोइराला, शिद्धार्थ बज्राचार्य, विमल बानियाँ, जुद्धबहादुर गुरुडं, गोविन्द गजुरेल र शरदचन्द्र अधिकारी रहिसकेका छन् ।


२०३९ सालमा तत्कालिन अधिराजकुमार ज्ञानेन्द्रको अध्यक्षतामा महेन्द्र प्रकृति संरक्षण कोषको स्थापना भएको हो । गणतन्त्रपछि कोषको अध्यक्ष वन मन्त्री रहने व्यवस्था छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics