जब अँध्यारोमा चम्किरहेको शार्क फेला पर्‍यो…

काठमाडाैं - वैज्ञानिकहरूले न्यूजिल्याण्डको तट नजिकै गहिरो समुद्रमा रहेका शार्कका तीनथरी प्रजातिमा अँध्यारोमा चम्किने क्षमता रहेको पत्ता लगाएका छन्। शार्कका ती प्रजातिको नमुना न्यूजिल्याण्डको पूर्वमा अवस्थित समुद्रको पिँध नजिकबाट गत वर्षको ज्यानुअरीमा सङ्कलन गरिएको थियो।

काइटफिन शार्क भनिने तीमध्ये एक प्रजाति हालसम्म थाहा भएकोमध्ये सबैभन्दा ठूलो प्रकाशधारी प्राणी भएको छ जसको लम्बाइ १८० सेन्टिमिटरसम्म हुन्छ। ब्ल्याकबेली ल्यान्टर्नशार्क र शदर्न ल्यान्टर्नशार्क भनिने अन्य दुई प्रजातिमा पनि जैविक प्रकाशधारी क्षमता देखिएको पुष्टि भएको छ।

समुद्री जीव वैज्ञानिकहरूलाई ती तीनै प्रजातिका बारेमा पहिले नै ज्ञान त थियो तर ती प्रजातिले प्रकाश पनि प्रकट गर्न सक्छन् भन्ने तथ्य भने हालमात्र प्रमाणित भएको हो। धेरै जसो समुद्री जीव र जुनकीरी जस्ता कीराले आफै प्रकाश सिर्जना गर्न सक्छन् तर शार्कजस्ता ठूला जनावरमा पनि त्यस्तो क्षमता रहेको भन्ने थाहा लागेको यो पहिलो पटक हो।

अनुसन्धानकर्ताहरूको विचारमा पेटको भाग उज्यालो पार्न सक्ने ती शार्कहरूको क्षमताको प्रयोग आक्रमणकारीहरू र अन्य जोखिमबाट जोगिनमा हुनुपर्दछ। तीनीहरू भन्छन् जीवहरूले प्रकाश प्रकट गर्ने क्षमता शार्कको छालाभित्र रहेका फोटोफोर भनिने प्रकाश उत्पन्न गर्ने हजारौँ कोषहरूका कारण हासिल हुनेगर्छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics