रुकुमको आठबिसकोटमा बाढीले बगाउँदा ३ को मृत्यु, १ बेपत्ता

रुकुम - रुकुमपश्चिममा बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर १२ को बगर नजिक तातोपानी खोलाको बाढीले बगाएर ३ जना बालबालिकाको ज्यान गएको छ भने, नजिकैको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् ।

गएराति परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले घर बगाउँदा ३ जना बालबालिकाको ज्यान गएको र एकजना बेपत्ता भएको नगर प्रमुख रवि केसीले जानकारी दिए । मृत्यु हुनेमा ८ वर्षीय हितमाया पुन, ५ वर्षीय धनिषा पुन र वर्ष ४ कि मनिसा सार्की रहेका छन् । यस्तै ४० वर्षका डिल्ली बुढाथोकी बेपत्ता भएका हुन् । बाढीमा परेर ६ जना घाइते भएका छन् । घाइतेहरूको आठबिसकोटस्थित नगर अस्पतालमा उपचार भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics