धादिङमा ३ वटा चितुवा एकैपटक मृत भेटिए

धादिङ - धादिङको थाक्रे गाउँपालिका १०, गढीमा तीनवटा चितुवा एकैपटक मृत भेटिएको छ । थाक्रेको गढीस्थित अदुवाबारीमा दुईवटा र मकैबारीमा एउट चितुवा मृत भेटिएको प्रहरीले जनाएको छ । चितुवा एकैपटक कसरी मर्‍यो भन्ने कुराको कुनै कारण खुल्न सकेको छैन ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले भने तीनवटा चितुवा एकैपटक मर्नुको कारण गाउँलेले छाडेको करेन्टको या चोरी-सिकारीका लागि कसैले विष राखेको खानेकुरा जंगलमा राखिदिएको र त्यही खाएर मरेको हुनसक्ने आशंका गरे ।

मरेका चितुवा डिभिजन वन कार्यालय धादिङको टोलीले लिएर थप अनुसन्धान थालेको छ । तीमध्ये करिब १० वर्षभन्दा माथिको एउटा माउ पोथी र करिब पाँचदेखि सात वर्षको दुईवटा भाले बच्चा छन् । ती चितुवा केही दिनअघि मरेको आशंका गरिएको छ । चितुवाको पोस्टमार्टम गरी कसरी मरेको भन्ने पत्ता लाग्ने आचार्यले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics