धार्चेको पहिरोमा बेपत्ता भएकाहरूको खोजी जारी

गोरखा - गोरखाको धार्चे-५ मा पहिरोमा पुरिएर बेपत्ता भएकाहरूको खोजी कार्य आज पनि जारी छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले र स्थानीयले खोजी गरिरहेका छन् । आइतबार बिहान ३ बजे माथिबाट आएको पहिरोले घर पुरिदा धार्चे गाउँपालिका- ५ रेसे बस्ने वर्ष ३७ का जितबहादुर गुरुङ, उहाँको पत्नी ३५ वर्षीकी कान्छी गुरुङ, जितबहादुरका बुवा वर्ष ६० का सुलाल कान्छा गुरुङ, वडा-५ सिंग्लाका ३३ वर्षीय रमेश गुरुङ, गोरखा आरुघाट गाउँपालिका आरुपोखरीका रमेश परियार बेपत्ता छन् ।

त्यस्तै पहिरोमा परेर घाइते हुनुभएका धार्चे गाउँपालिका वडा नम्बर ५ सिंग्लाका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो । उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics