मुस्ताङमा पहिलो पटक देखिएको चरा कस्तो हो ?

तस्बिर सौजन्य : सञ्जय थाहा श्रेष्ठ

काठमाडौं - अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने मुस्ताङमा नेपालका लागि नयाँ प्रजातिको चरा तालुधर्से अर्जुनक चरा फेला परेको छ । नेपाल पंक्षीविद् संघका अनुसार उक्त चरा समुद्री सतहबाट ३४५० मिटर उचाइमा फेला परेको हो । योसँगै नेपालमा जम्मा चराको संख्या ८९६ पुगेको छ भने फ्लाइक्याचर प्रजातिको संख्या २४ पुगेको छ ।

नेपालका चराविद् सञ्जय था श्रेष्ठ र शंकर तिवारीले मुस्ताङ पदयात्राका क्रममा ०८१ साउन २ गते उक्त चरा भेटेको र साउन १० गते नेपालका लागि नयाँ प्रजाति भएको एकीन भएको संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त चराको अंग्रेजी नाम स्पोटेड फलाइक्याचर रहेको पनि संघले उल्लेख गरेको छ । पास्रिफर्म्स वर्गमा पर्ने उक्त चरा युरोपदेखि उत्तर तथा दक्षिण अफ्रिका, रसिया, चिन, मंगोलिया र एसियाली देश इरान, पाकिस्तान, अफगानिस्तान र भारतका केही ठाउँमा भेटिएको रेकर्ड छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics