बाघको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु
- नेचर खबर

काठमाडौं - कञ्चनपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका-२, कमलसा टोलमा बाघको आक्रमणबाट २३ वर्षीय हिरा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
खेतमा धान गोडिरहेको अवस्थामा बाघले एक्कासी आक्रमण गरे उनलाई घिसार्दै लगेको प्रहरीको भनाइ छ । स्थानीयले खबर गर्न साथ प्रहरी टोली खोजतलासका लागि जाँदा नजिकै रहेको उखुबारीमा मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि दोधाराचाँदीनस्थित अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस