हनुमन्ते खोलाको सरसफाई सुरु



भक्तपुरको हनुमन्ते खोलाको सरसफाई सुरु भएको छ । भक्तपुरको प्रसिद्ध तीर्थस्थलको रुपमा रहेको हनुमानघाट (खोह्रे) बाट हनुमन्ते खोलाको सरसफाई सुरु भएको हो ।

हनुमन्ते सफाई गरौं, भक्तपुरको पहिचान कायम गरौं भन्ने नाराका साथ स्थानीय व्यवसायीको सक्रियतामा खोलामा थुप्रिएका माटो हटाउन थालिएको छ । डोजर र ट्रिपरको सहायताले खोलामा वर्षाैदेखि थुप्रिएका माटोहरु पन्छाउन थालिएका छन् । यसका लागि एउटा डोजर र १२ वटा ट्रिपरबाट दैनिक धमाधम काम भइरहेका छन् ।

खोलामा थुप्रिएका माटोलाई ट्रिपरबाट भक्तपुर नगरपालिकाले इटापाकोमा थालेको नयाँं जग्गा एकीकरण आयोजनामा लगिएको छ ।

हनुमन्ते सुधार समितिका संयोजक विश्वराम कवाँंले काठमाडौंको वागमति अनि विष्णुमति जतिकै भक्तपुरबासीको लागि महत्वपूर्ण हनुमन्ते खोलाको सफाई स्थानीय व्यवसायीको सक्रियतामा सुरु गरेको बताए । यसका लागि भक्तपुर इटा उद्योगी व्यवसायी संघले डोजर, ट्रिपरको व्यवस्था मिलाइदिएको सुधार समितिका संयोजक कवाँंले जानकारी गराए । पत्रित्र तीर्थस्थल दुर्गन्धित भएपछि यसको सरसफाईका लागि ११ सदस्यीय सुधार समिति गठन गरी चैत २६ गतेदेखि नै काम सुरु गरेको छ ।

सफाई अन्तर्गत हनुमन्ते खोला अन्तर्गतको आदर्श पुलदेखि महेश्वरी मन्दिरसम्मको साढे एक किलोमिटर रहेको जनाइएको छ । यो ठाउँंमा दैनिक भक्तालुहरुले स्नान गर्ने भएकाले यो ठाउँंलाई केन्द्रविन्दु बनाई सफाई गरिएको हो ।

खोला अहिले जताततै बगाएर ल्याएको माटोले भरिएको छ । यसले दुर्गन्धित ढल बग्न पाएको छैन । यही खोलाको दुर्गन्धित पानी बागमतिमा मिसिन आउँंछ । यसकारण बागमति सफाईका लागि हनुमन्ते सफाई जरुरी हुन्छ ।

भक्तपुर इट्टा उद्योगी व्यवसायी संघका अध्यक्ष नातिभाई ह्योंम्वाले सामाजिक उतरदायित्व अन्तर्गत संघले हनुमन्ते खोलाको सुधार तथा सफाई सुरु गरेको बताए । उनले भने ‘इट्टाभटा व्यवसायीलाई प्रदूषण फैलाउने व्यवसायीको आरोप लाग्ने गरेको छ ।’

हनुमानघाट नेपालकै प्रसिद्ध तीर्थस्थल हो । भगवान राम १२ वर्ष बनबास जाँंदा यो क्षेत्रमा वास बसेको जनविश्वास छ । बनबासको क्रममा यो स्थानमा वसेर राम, सीता, लक्ष्मण सवैले एउटै पातमा दही र चिउरा खाएको किंम्वदन्ती छ । सवैले एउटै पातमा खाँंदा जुठो हुने भयो भन्दै हनुमानले आफनो पुच्छरले जमिन ढसाई पानी निकालेर हात धोएर खवाएको स्थानीयको भनाई छ । यही भएर यो ठाउँंको नाम हनुमानघाट रहन गएको जनविश्वास छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics