काठमाडौंका नदी र खोलामा जलसतह बढ्यो

काठमाडौं - काठमाडौँका विभिन्न नदी तथा खोलाको जलसतह बढेको छ । लगातारको झरीले विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

जलसहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै, ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । यस्तै बागमती, बिष्णुमती, धोबी खोला, हनुमन्ते खोलामा पनि जलसतह बढेको छ ।

मंगलबार उपत्यकासहित सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने महाशाखाले जानकारी दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics