अरुणको किनार भरी माछैमाछा



संखुवासभाको हटियामा अरुण नदी थुनिएपछि आसपासका जनतामा त्रास फैलिएको छ । स्थानियमात्र होइनन् नदी आसपासमा बसोबास गर्ने थुनिएको नदी फुट्ला कि भन्ने डरले आतंकीत छन् ।

बिहीवार तीनबजेतिर संखुवासभाको उत्तरबाट बग्ने अरुण नदीलाई बरुण नदीमा आएको बाढीले थुनामा पारेछि यस क्षेत्रमा लगभग १ किलोमिटर भन्दा बढी ठाउँमा खोला फर्किएर पानी जमेको छ । भिरालो आकारमा रहेको बरुण नदीमा धमिलो पानी बगेको छ । तर अहिलेसम्म नदीमा कहाँ पहिरो गयो भन्ने थाहा पाउन सकिएको छैन । बस्ती पातलो भएको कारण सबैसँग सम्पर्क हुन नसक्दा जानकारी पाउन नसकिएको हो । पहिरो कहाँनेर गएको छ भनेर पत्ता लगाउन अहिले प्रहरी परिचालन गरिएको छ । पहिरो गएपछि बरुण नदीको पानी अरुणमा आएर मिसियो । बरुण नदीले बगाएर ल्याएको ढुङ्गा लगायत धमिलो माटोले अरुण नदीको साँघुरो भाग थुनिएपछि पानीको सतह बढ्दै गएको छ ।

समाचारमा ३ किलोमिटर पानी जमेर ताल बनेको भनिएको छ । यद्यपि यहाँ हेर्दा भने १ किलोमिटर जति भागमा पानी जमेको देखिन्छ । अहिले त्यहाँबाट ओभर फ्लो भएको पानीमात्र बगेको छ ।

यस ठाउँमा अहिले ३ देखि ४ फिटसम्मका ठुला ठुला माछा देखिन थालेका छन् । एउटै माछा १० किलो सम्म रहेको पाइएको छ ।

बिहीवार तीनबजेदेखि नै बाढी आएपछि स्थानीय त्रसित भएर भागाभाग भएको थियो । पानी नदीमा थुनिएको कारण पानी एकैपटक खुल्दा नदी किनार छेउका बस्तीहरुलाई असर पार्ने त्रास अझै रहेको छ । स्थानिय रेडियोले समाचार प्रसारण गरेर ध्यानाकर्षण गराईराखेको छ । अहिले नै कुनै ठुलो प्रकोप निम्तीहाल्यो भने उद्धारको लागि अहिले सेनाको हेलिकप्टर निरीक्षणको लागि घटनास्थल तर्फ गइरहेको छ ।

जीवराज खनाल

प्रतिक्रिया दिनुहोस

web
analytics