बागलुङ पहिरो : ११ को शव भेटियो, १ बालक अझै बेपत्ता

बागलुङ - बागलुङको बडिगाड गाउँपालिका वडा नं.९ र १० मा मंगलबार आएको पहिरोले पुरिएर मृत्यु हुनेको सङख्या ११ जना पुगेको छ । पहिरोमा परि बेपत्ता भएका १ जना बालक अझै फेला पर्न सकेका छैनन् ।

पहिरोमा परि बडिगाड गाउँपालिका-१० मा ९ जना र वडा नं.९ मा २ जनाको मृत्यु भएको छ । बुधबार सम्म ९ जनाको मृत्युकोमा बिहिबार ७ बर्षिय मधु बुढा र १० का मनोज बुढाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विजयी यादवले जानकारी दिनुभयो । पहिरोमा परि ११ बर्षिय सुमन थापा हराईरहेका छन् । उनको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परि मृत्यु हुनेमा ८ जना बालबालिका,२ जना बृद्धबृद्धा र १ जना युवा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । मृत्यु हुने बालबालिकामा ६ महिना देखि १५ बर्षभित्रका रहेका छन् । पहिरोमा परि १० जना घाइते भएका छन् । घाइतेमध्य ३ जनाको काठमाण्डौ,१ जनाको पोखरा र अन्य ६ जनाको बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

पहिरोले ठुलो मात्रामा मानविय र भौतिक क्षेती पुर्‍याएको छ । अहिलेसम्म पहिरोले ५ घर पुर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics