पूर्वका जिल्लासमेत हल्लाउने ४.५ म्याग्नेच्युटको भूकम्प

काठमाडौं – शुक्रबार विहानै नेपालको पूर्व क्षेत्रमा समेत धक्का महसुस हुने गरि भूकम्प गएको छ ।

विहान ७ वजेर १२ मिनेटको समयमा केहि सेकेन्ड झापा, इलाम र मोरङ सहितका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

गुगल म्यापका अनुसार भारत सिक्किमको नाम्चीलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ म्याग्नेच्युटको भूकम्प गएको छ । नेपाल, भारत, भुटान र चाइनामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने यो विषयमा आधिकारिक जानकारी भने दिइसकेको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics