भौंसीलाई आक्रमण गर्न गएको बाघ जब भैंसीकै प्रतिकारमा मर्यो…
- नेचर खबर
 
                                                        चितवन – मकवानपुरको मनहरीमा भौंसीलाई आक्रमण गर्न गएको बाघको भैंसीकै प्रतिकारमा मृत्यु भएको छ, भने भैंसी घाइले भएको छ । 
विहीबार विहान करिब ५ः१५ बजेको समयमा मनहरी गाउँपालिका–६ प्रतापपुरमा स्थानीय बलबहादुर राईको गोठमा रहेको भैंसीलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण प्रयास गरेको थियो । 
स्थानीयका अनुसार यो घटना यस क्षेत्रमा पहिलो पटक भएको हो । 
लोथर मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर स्याङबोका अनुसार बाघको मुचुल्का गरेर सौराहा ल्याउँदै छ । बाघको शरिरमा चोट देखिएको छैन । भैंसीको शरिरभरी घाउ छ ।
गोठमा बाँधेको भैसीको आक्रमणबाट हो या अन्य कारणबाट बाघको मृत्यु भएको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुन्जले जनाएको छ ।

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस