…र हिमपहिरोले थुनिएको बोक्सेखोलामा बग्न थाल्यो पानी
सुरक्षित स्थानमा सरे ९ परिवार
- नेचर खबर

काठमाडौं – धौलागिरि हिमश्रृंखलाबाट झरेको हिमपहिरोले थुनिएको बोक्सेखोलामा अहिले पानी बग्न थालेको छ । पहिले हिमपहिरोले थुनिँदा खोलामा पानीका मात्रा घटेको थियो ।
अहिले भने हिमपहिरोले थुनिएको बोक्सेखोलामा पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिए । उनका अनुसार पानी बगेकाले अब जोखिम घटेको छ । यो खोलाको पानी कालीगण्डकी नदीमा गएर मिसिन्छ ।
यसैबिच हिमपहिरो गएको स्थान नजिकका ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । थासाङ गाउँपालिका–२ का ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस