सगरमाथा जाेगाउने वीर शेर्पाहरू हुन्: मन्त्री पाण्डे

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जाेगाउने वीरहरू भनेका शेर्पा समुदाय भएकाे बताएका छन् ।

शुक्रबार नेपाल पर्वतीय प्रतिष्ठानद्वारा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री पाण्डेले विश्वमा वीर गाेर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएकाे बताए । मन्त्री पाण्डेले भने, प्रत्येक समाज र देशकाे आ-आफ्नै संस्कृति छ। बीर गाेरखाली र हाम्रा पाेरख गर्ने हिमाल चढ्ने र चढाउने हिमाली शेर्पाहरू हुन् ।

हाम्रो साहसिक शेर्पाहरूले नै हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु भएकाे छ। उहाँले संस्कार र संस्कृति गुमाउने हाे भने नेपालले आफ्नाे अस्तित्व गुम्ने प्रष्ट पारे ।

मन्त्री पाण्डेले माउन्टेन एकेडेमीलाई अन्तर्राष्ट्रिय शैक्षिक हबका रूपमा अघि बढाउनु पर्ने समेत बताए । उनले भने,अब यसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउनु पर्छ। साेलुखुम्बु र त्यस क्षेत्र वरपरका मात्रै हाेईन, संसारभरका विद्यार्थीहरू पढ्ने गरि दायरा विस्तार हुनेमा आगामी दिनमा विश्वास व्यक्त गरेकाे छु। मन्त्री पाण्डेले नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने समेत विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्वमन्त्री बल बहादुर केसी,पूर्वमन्त्री शंकर प्रसाद काेईराला,प्रतिष्ठाका पूर्व अध्यक्ष शंकर प्रसाद पाण्डे,प्रतिष्ठानका पुर्व अध्यक्ष,प्रेम कुमार श्रेष्ठ ,सन्ताेष थापा मगर,लाप्पा फुटि सेर्पा सम्मानित समेत भएका थिए। साथै कार्यक्रममा माउन्टेन एकेडेमीका विद्यार्थीहरूले अनुसन्धान गरेकाे जर्नल र भ्वाइस अफ हिमालकाे विमाेचन समेत गरिएकाे थियाे।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics