बर्दियामा गैंडाको आक्रमणबाट ‘टुरिस्ट गाइड’ मनमोहनको मृत्यु

बर्दिया - बर्दियामा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । आज बिहान बर्दिया जिल्ला मधुवन नगरपालिका-६ मा गैँडाको आक्रमणबाट टुरिस्ट गाइडको मृत्यु भएको हो । विदेशी नागरिक सहित तीनजना अवलोकन गर्न वनमा गएका थिए ।

सामूदायिक वनको अवलोकन गर्ने क्रममा विदेशी पर्यटकलाई गैंडालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । गैंडाले आक्रमण गर्दा विदेशी पर्यटकलाई बचाउन खोज्दा टुरिस्ट गाइड’ ठाकुरद्धारा नगरपालिका–९ का ३५ वर्षिय मनमोहन चौधरीको घटनास्थलमा मृत्यु भएको प्रहरी उपरिक्षक प्रविण धितालले बताए ।

यसै गरि गैंडाको आक्रमणमा अमेरिकन पर्यटक एमसी सावन र उक्त वनका चौकीदार खिन्चु थारु घाईते भएको धितालले जानकारी दिए । उनिहरुलाई ठाकुरबाबा स्थित नगर अस्पतालमा उपचारका लागि भुरीगाँउ पठाइएको छ ।

चौधरीको अवस्था सामान्य भएपनि अमेरिकन पर्यटकलाई गम्भिर चोट लागेको छ । स्थानीय परशु राम चौधरीका अनुसार बच्चा सहितको गैडासँग आमने सामने जम्काभेट हुँदा आक्रमण भएको थियो । विदेशी पर्यटकलाई जोगाउन खोज्दा चौधरीको ज्यान गएको उनले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics