ताप्लेजुङको पाथीभरा जाने तीर्थयात्रीको सहजताका लागि नगरपालिकाले गर्यो यस्तो निर्णय

ताप्लेजुङ – ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरामा तीर्थयात्रीको दर्शनलाई सहज बनाउन फुङलिङ नगरपालिकाले विषेश निर्णय नै गरेको छ ।

शुक्रबार बसेको फुङलिङ नगरपालिकाको ४५औं कार्यपालिकाको बैठकले १ नंबर प्रस्तावमा पाथीभराको दर्शन र जिल्लाको सुरक्षालाई प्राथमिकतामा राख्दै नेपालीहरूको महान चाडपर्वहरू तथा पाथीभरामा आउने तीर्थयात्रीहरूको व्यवस्थापनलाई सहज बनाउने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ, ‘प्रस्ताव नं. १ माथी छलफल गर्दा नजिकदै गरेको नेपालीहरूको महान चाडपर्वहरू तथा पाथीभरा तिर्थयात्रिहरूको व्यवस्थापनमा सहजताका लागि मिति २०८१।५।२१ गते देखी लागू हुने गरि फुङलिङ नगरपालिका क्षेत्र भित्र तथा अन्य जिल्लाहरूबाट ताप्लेजुङसम्म आउने यातायातका साधनहरू एवम फुङलिङ नगरपालिका भित्र सञ्चालित शैक्षिक संस्थाहरू कुनै पनि राजनितिक दल, संघ संस्था वा समुहले अवरोध तथा बन्द गर्न गराउन नपाउने निर्णय गरियो ।’

यो निर्णय अनुसार कुनै पनि बाहानामा कुनै दल वा समुहले बन्द वा अबरोध गर्न पाउने छैनन् । नगरपालिकाले यो निर्णय सँगै सुरक्षा निकाय पनि सहकार्य गरेको जनाएको छ । नगरप्रमुख अमिर मादेनले यसपटक पनि ढुक्क भएर पाथीभरा माताको दर्शन गर्न र मनोकांक्षा पुरा गर्न सम्पुर्ण तीर्थयात्री तथा पर्यटकलाई आग्रह गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics