कोशी प्रदेशमा मन्त्रीपरिषद् विस्तार, सदानन्द मण्डल वन मन्त्री
- नेचर खबर
विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका छन् । विस्तारी मन्त्रीपरिषद्मा सदानन्द मण्डलले पर्यटन, वन, वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन् ।
यस्तै अन्यमा भुपेन्द्र राईलाई भौतिक पूर्वधार, खगेनसिह हाङ्गामलाई उद्योग कृषि तथा सहकारी र भूमी राजवंशीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरिएको छ । शुक्रबार मुख्यमन्त्रीले नेपाली कांग्रेसबाट तीन जना मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेका हुन् ।
उनीहरूले प्रदेश प्रमुखबाट शपथ ग्रहण पनि गरेका छन् । योसँगै प्रदेशको मन्त्रीपरिषद् संख्या १० पुगेको छ ।
कांग्रेसको नेतृत्व गर्दै राई भौतिक पूर्वधार मन्त्री बनेका हुन् । उनी कृष्णप्रसाद सिटौला समूहका हुन् । उद्योग कृषि तथा सहकारी मन्त्री बनेका हाङगाम र पर्यटन, वन, वातावरण मन्त्री बनेका मण्डल शेरबहादुर देउवा पक्षका हुन् । राजवंशी पनि कृष्ण सिटौला पक्षका हुन् ।
प्रतिक्रिया दिनुहोस