ताप्लेजुङको सिवामा कुदिरहेको गाडीमा झर्यो पहिरो, एक बालिका घाइते

सांकेतिक तस्बिर ।

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ३ सिवा नजिकै तमोर करिडोरमा  बोलेरो जीप माथि  पहिरो खस्दा एक बालिका घाइते भएकी छन् ।

गाउँपालिका अध्यक्ष राजन लिम्बुका अनुसार आज दिउँसो परेको पानीका कारण उक्त स्थानमा पहिरो झरेको र पहिरोमा सवारी परेको हो ।

गाउँपालिका अध्यक्ष राजन लिम्बुले घटनाको विषयमा नेचरखबरसँग यसो भने :
यात्रु लिएर सदरमुकाम तर्फ आउँदै गरेको बोलेरो जीप पहिरो नजिकै आइपुगेपछि रोकेर पहिरो पन्छाउने क्रममा केही यात्रु ओर्लिएका थिए । जीपमा नै बसेकी बिर्खबहादुर गुरुङकी छोरीसहित पहिरोले जीपलाई पुरेको थियो ।

सिवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीयले उनको उद्धार गरेर अहिले सिवा स्वास्थ्य चौकि लगिएको छ । त्यहाँ प्राथमिक उपचार पछि घाइतेलाई जिल्ला अस्पताल ताप्लेजुङ पठाइनेछ । अहिले दुर्घटनामा परेको जीप बाटो निर्माण गरिरहेको फेवा कन्ट्रक्सनको मेसिनले निकाल्ने प्रयास भइरहेको छ । घाइते बालिकाको नाम खुलेको छैन । अन्य सबै यात्रु पहिरो पन्छाउने क्रममा बाहिर निस्किएकाले सकुसल छन् । (अपडेट)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics