कहाँबाट आयो मोरङको सुन्दरहरैँचामा हात्तीको बथान ?

एआईबाट तयार पारिएको सांकेतिक तस्बिर ।

काठमाडौं – मोरङको सुन्दरहरैँचामा जंगली हात्तीको हुल पुगेको छ । शनिबार राति सुन्दरहरैँचा नगरपालिका–९ कैरी टोलमा ६÷७ वटाको संख्यामा हात्ती देखा परेको स्थानीय रहरमान राईले जानकारी दिए ।

उनका अनुसार राती करिब ११ः३० बजेतिर पुगेको हात्तीको बथानले गाउँ छिरेर स्थानीयको घर भत्काइदिएको थियो । हात्तीले रहरमान राईको इँटाको घेराबारा र टिनको छानो भएको १ तले घर हात्तीले भत्काइदिएको थियो ।

प्रहरीका अनुसार हात्तीले घर भत्काउँदा ६० हजार मूल्य बराबरको क्षति भएको छ । प्रहरी, वन कर्मचारी र स्थानीयको सहयोगमा हात्तीलाई राति १२ बजेतिर जंगलतर्फ धपाइएको थियो ।

हात्तीले मानवीय क्षति भने गरेको छैन । जंगली हात्ती वस्तीनजिक देखा परेका कारण सचेत हुन प्रहरीले सबैमा आग्रह गरेको छ । हात्तीलाई जिस्क्याउने, लखेट्ने र असर पुग्ने गतिविधि नगर्न पनि प्रहरीको अनुरोध छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics