जंगलबाट ल्याएर च्याउ खाँदा मिक्लाजुङमा एकै परिवारका ४ बिरामी

काठमाडौं – मोरङको मिक्लाजुङमा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका छन् ।

जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा आइतबार साँझ मिक्लाजुङ गाउँपालिका–१ गुरधुममा विजय राईको श्रीमती ५८ वर्षीया बलमाया राई, छोराहरू २५ वर्षीय सुजन, १८ वर्षीय कुमार र बुहारी २४ वर्षीया मञ्जु राई बिरामी परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सबै जनाको अवस्था मध्यम छ ।

बिरामी परेका ४ जनालाई राति नै उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जानकारी उनले दिए ।

च्याउ खाएका विजय राई र ३० वर्षीया सोनिया राईलाई भने स्वास्थ्यमा समस्या देखिएन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics