भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा के देखियो समस्या ?
- नेचर खबर

फाइल फोटो ।
काठमाडौं - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि सोमबार बिहान विमानस्थलको ‘ट्याक्सी वे’ ‘इको’मा रोकेर यात्रुहरूलाई ओरालिएको छ ।
बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल स्रोतले जनाएको छ। उक्त जहाजमा प्राविधिक समस्या आएपछि आन्तरिक उडानका अन्य जहाजहरूको उडान कार्यमा ढिलाइ भएको स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस