१०औं संविधान दिवस आज, धरहरा खुल्लादेखि कन्सर्टसम्मका कार्यक्रम

काठमाडौं - आज दसौं संविधान दिवस । २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर दस वर्ष प्रवेशको अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ । सरकारले भव्यताका साथ संविधान दिवस मनाउन र घरघरमा झण्डोत्तोलनसहित दिपावली गर्न पनि सबैलाई आग्रह गरेको छ ।

काठमाडौंको सैनिक मञ्च टुडिखेलमा अहिले बिहान ८ बजे संविधान दिवस मूल समारोह हुँदैछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थहरुको सहभागिता रहनेछ । आजै दिउँसो दरवारमार्गमा नागरिक स्तरीय कन्सर्ट आयोजना गरिँदैछ । संविधान दिवसकै अवसर पारेर धरहरा पनि आजबाटै सर्वसाधारणका लागि आशिंक खुला गरिने भएको छ । संविधान दिवसको खुसियालीमा नागरिक स्तरबाट पनि विभिन्न कार्यक्रम गरिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics