जलवायु परिवर्तनका असर कम गर्न अमेरिकाले नेपाललाई सघाउने

काठमाडाैं – संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तनका असर कम गरेर स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि नेपाललाई सघाउने भएको छ । संविधान दिवसका अवसरमा नेपाललाई शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको हो ।

अमेरिकी सरकारका तर्फबाट विदेश मन्त्रालयले वक्तव्य जारी गरेर नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई आफ्नो देशले अधिक महत्त्व दिएको जनाएको छ । विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका तर्फबाट मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई नेपालको आर्थिक वृद्धिमा सघाउने अनुदान परियोजनाका रूपमा व्याख्या गर्दै न्याय र प्रजातान्त्रिक मूल्य मान्यताको प्रवर्द्धनका साथै जनस्तरको सम्बन्ध विस्तार र आर्थिक वृद्धिका निम्ति भविष्यमा पनि निरन्तर सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको बताइएको छ ।

ऐतिहासिक सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको लगायत लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन नेपालले धेरै उपलब्धि हासिल गरेको महत्त्वपूर्ण क्षणमा पीडितहरूलाई न्याय दिलाउनेतर्फ अमेरिकाले विधेयकको सफल कार्यान्वयनको प्रतीक्षा गरिरहेको वक्तव्यमा उल्लेख छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics