बैतडीमा भूकम्पको धक्का

काठमाडौ‌ - बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मोनिका झाले बताईन् ।

यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics