कोप-२९ मा व्यवस्थित एजेण्डासहित नेपाल सहभागी हुन्छ : मन्त्री शाही

काठमाडौ‌ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप-२९) मा नेपाल व्यवस्थित एजेण्डासहित प्रस्तुत हुने बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आइतबार कोप-२९ बारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । यसपटक कोप २९ बाट नेपालले भरपुर लाभ लिन सक्नुपर्ने र त्यसका लागि विज्ञहरूको टिमसहित तयारी भइरहेको उनकाे भनाइ थियाे ।

उनले व्यवस्थित एजेण्डासहित नेपाललाई कोपबाट कसरी बढीभन्दा बढी लाभको अवस्था बनाउन सकिन्छ भनेर तयारी भइरहेको बताए । भने, ‘अबको कोपलाई नेपालका एजेण्डाहरु र नेपाललाई कसरी बढी हामीले त्यो कोपबाट उपलब्धि हासिल गर्नसक्छौँ, त्यसमा हामी अझै थप छलफल गर्ने पक्षमा छौँ । थप अझै गोष्ठी, विचारहरु र आवश्यक सेमिनरहरु गरी, सुझाव संकलन गरी अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्नेकुरामा हाम्रो एकदमै ध्यान केन्द्रित गर्नेछौँ । प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्छ भन्नेकुरा उठाउनुभएको छ, यो अत्यन्तै महत्वपूर्ण छ । कर्णालीलाई पनि प्रतिनिधित्वबाट छुटाउनु हुँदैन भन्ने कुरा आएको छ । यो स्वागतयोग्य छ ।'

मन्त्री शाहीले कर्मचारीको संख्या धेरै भएको गुनासो आएकाले कम गर्नेमा आफूहरु प्रयासरत रहेको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics