करेन्ट लगाएर मारिएको अवस्थामा भेटियो जंगली हात्ती

बारा - बाराको कोल्हबी नगरपालिका २ मा जंगली हात्तीलाई बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको छ ।

करिब १५ बर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताएका छन् ।

हात्तीको घाटीमा करेन्टको तार बेरिएको अवस्थामा छ । स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको अवस्थामा फेला परेको हो ।

२०८० फागुनमा सोही स्थानमा करिब तीन बर्षको पोथी बाघ समेत मृत अवस्थामा फेला परेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics