दाउन्नेमा सडक भासियो, यातायात पूर्ण रुपमा अवरुद्ध
- नेचर खबर

नवलपरासी - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएसँगै यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बर्दघाट नगरपालिका- ४ , खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग भासिन गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।
सडक भासिएको र पोल ढलेको कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस