बाढीपहिरोबाट हालसम्म मृत्यु हुनेको संख्या २०९ पुग्यो
- नेचर खबर
 
                                                        काठमाडौं - वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ । गृहमन्त्रालयका अनुसार सोमबार साँझसम्मको अपडेट अनुसार २०९ जनाको मृत्यु भएको हो । 
अद्यावधिक विवरणअनुसार, २९ जना अझै बेपत्ता छन् भने बाढीपहिरोबाट उद्धार गरिएका १४२ जना घाइते रहेका छन् । 
अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुली लगायतका जिल्लाबाट हेलिकप्टरमा ७१३ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजारभन्दा बढीको उद्धार गरिएको छ । असोज १० गतेदेखि परेको वर्षाका कारण याे क्षती भएकाे हाे ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस