हात्तीको आक्रमणबाट माउतेको मृत्यु

एआईबाट तयार पारिएको सांकेतिक तस्बिर ।

भरतपुर - चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ ।

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

“खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मृत्यु भयो”, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने। जग्दुका साथमा रहनुभएका एक जना भने भागेर बाँच्न सफल हुनुभएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics