अाचारसंहिता लत्याउँदै वनमन्त्री चुनावी सभामा
- नेचर खबर

काठमाडौ।
स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई लत्याउँदै वन मन्त्री शंकर भण्डारी नेपाली कांग्रेस तनहुँको चुनाव प्रचारमा सहभागी भएका छन् ।
वनमन्त्री भण्डारी निर्वाचन आचारसंहिता विपरित नेपाली कांग्रेस तनहुँले शनिबार भानुमा आयोजना गरेको चुनावी सभामा सहभागी हुँदै कांग्रेसलार्इ भोट माग्न पनि व्यस्त भए ।
वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचन अन्तरगत भानुमा मन्त्री भण्डारीले कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारसँगै बसेर भोट समेतत मागेका छन् ।
निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद-३ अन्तर्गत नेपाल सरकार, स्थानीय तह तथा सार्वजनिक संस्थाले पालना गर्नुपर्ने आचरणको प्रचारप्रसारमा सहभागी हुन नहुने बुँदामा ‘नेपाल सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न हुँदैन’, भनेर लेखिएको छ ।
शनिबार नै मन्त्री भण्डारी स्थानीय निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले जिल्लाका अन्य स्थानमा गरेको चुनावी प्रचार प्रसार कार्यक्रममा समेत सहभागी भए ।
प्रतिक्रिया दिनुहोस