स्पेनमा भीषण बाढी, कम्तीमा ५१ जनाको मृत्यु

भ्यालेन्सिया — मुसलधारे वर्षाका कारण मंगलबार दक्षिणपूर्वी स्पेनमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको छ । कयौं बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले ज्यान गुमाउनेहरूको संख्या अझै बढी हुन सक्ने बताएका छन् ।


भ्यालेन्सिया नजिकैको चिभा सहरमा सामान्यतया एक वर्षमा हुने वर्षा आठ घण्टामा नै भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक फुटेजहरूमा बाढीले पुलहरू भत्काउनुका साथै सवारी साधानहरू बगाएको देखिन्छ । त्यसका साथै बाढीले निकै फराकिला क्षेत्रहरू जलाम्य भएका छन् ।

केही भिडियोमा मानिसहरूलाई बग्नबाट रूखले जोगाएको देखिन्छ । भारी वर्षा र असिनाले देशका अधिकांश भूभाग नराम्ररी प्रभावित भएका जनाइएको छ । बाढीका कारण भ्यालेन्सियामा उडानका साथै यातायात सेवा अवरुद्ध भएको जनाइएको छ । स्थानीय सञ्चारमाध्यमहरूले बेलेरिक टापुमा पनि व्यापक क्षति र मानिसहरू हताहत भएको उल्लेख गरका छन् । Severe


रेडियो र टेलिभिजन स्टेशनहरूले बाढीग्रस्त क्षेत्रमा फसेका मानिस वा प्रियजनहरूको खोजीमा मद्दतका लागि सयौं कलहरू प्राप्त गरिरहेको जनाएका छन् । स्पेनका राजा फेलिप छैठौंले सामाजिक सञ्जाल एक्समा विनाशकारी बाढीबाट पीडित परिवारजनलाई समवेदना व्यक्त गरेका छन् ।


उद्धार कार्यका लागि कम्तीमा एक हजार सैनिकलाई खटाइएको छ । प्रहरीले आपत्कालीन हटलाइन जारी गरेको छ र बेपत्ता व्यक्तिहरूबारे जानकारी गराउन आग्रह गरेका छ । स्पेनी मौसम सेवा एईएमईटीले भ्यालेन्सिया क्षेत्रमा उच्च सतर्कता र अन्डालुसियाका केही भागहरूमा सतर्कता घोषणा गरेको छ ।



नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics