सगरमाथा शिखरको बाटो खुल्यो

यो वर्षको सगरमाथा शिखर आरोहणको लागि सोमबारदेखि बाटो खुलेको छ । सोमबारको  कान्तिपुरमा कुम्भराज राई लेख्छन् चौथो शिविरदेखि शेर्पाहरुले शिखरसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) काम सकेपछि शिखरको बाटो खुलेको हो । दुई सातादेखि रोप फिक्सिङको प्रयास भईरहेको थियो ।

सोमबार १० बजेर ३० मिनेटको समयमा ११ शेर्पाहरु र ३ जना विदेशीले चुचुरो सम्मै डोरी टाँगेपछि यसवर्षको शिखर आरोहणका लागि बाटो खुलेको आधारशिविरबाट पिक प्रमोशन प्रालिका सदस्य फिन्जु शेर्पाले बताए । बाटो खुलेसँगै आरोहीहरु आरोहणका लागि तयारीमा जुट्न थालेका छन् । अबको दुई साता भित्र अधिकांश आरोही सगरमाथाको चुचुरो तर्फ लागिसक्ने छन् ।

दुईवर्ष पछि गतवर्ष सफल भएको सगरमाथा आरोहण यसवर्ष पनि सफल भएको छ । आरोहीको अनुमति नलिएपनि डोरी टाँग्नका लागि शिखरमै शेर्पाहरु पुगेपछि मात्रै बाटो खुल्ने गर्छ । सोही डोरी भएर आरोहीहरु शिखर पुगेर फर्किने गर्छन् । करिब दुई साताअघि नै आईसफल डाक्टरहरुले चौथो शिविर सम्मको बाटो भने खोलिसकेका थिए । केही दिनअघि नै चीनको तिब्बती मोहडाबाट भने आरोहण सफल भइसकेको थियो ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics