कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले के के गर्यो निर्णय ?
- नेचर खबर
विराटनगर । कोशी प्रदेश सरकारले कोशी प्रदेश वन ऐन २०७७ लाई संसोधन गर्न बनेको विधेयक र कोशी प्रदेश वातावरण संरक्षण ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयक कोशी प्रदेश सभा सचिवालयमा विधेयकको रूपमा पेश गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै बैठकले प्रदेश सरकार मातहत रहेका संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि समिति पनि गठन गर्ने भएको छ । बैठकले समितिको काम कर्तव्य र अधिकार पनि टुंगो लगाएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले सहकारी व्यवस्थापन सहितसहित १० वटा निर्णय गरेको जानकारी दिए ।
मन्त्रिपरिषदको बैठकले खानेपानी तथा सरसाफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयक सभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै पाथिभारा क्षेत्र विकास समिति, वृहत बराह क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समिति गठन आदेश पहिलो संशोधन आदेश २०८१ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस