तिब्बत भूकम्प: ५३ जनाको मृत्यु, ६२ घाइते
- नेचर खबर
काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ५३ जनाका मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।
चिनियाँ समाचार संस्थाहरूले लेखेअनुसार चीनमा भूकम्पमा परी ५३ जनाको मृत्यु र ६२ जना घाइते भएको उल्लेख गरेको छ ।
चीनको समय अनुसार बिहान ९:५ बजे त्यहाँको दिंगे केन्द्रबिन्दु भएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको थियो।
जसबाट तिब्बतीय क्षेत्रमा अझै क्षति भएको हुन सक्ने आँकलन गरिएको छ। सोसल मिडिया पोस्टहरूमा भवनहरू भत्किएको देखाइएको छ ।
त्यहाँ धेरै शक्तिशाली पराकम्पहरू आएको समाचारमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस