काभ्रेको सामुदायिक वनमा भीषण आगलागी

काठमाडौं । काभ्रेको खानी खोला र बेथानचोक गाउँपालिकाको सिमाना थामलेख (महाभारत) मा रहेको सामुदायिक वनमा भीषण आगलागी भएको छ ।

हिजो (मंगलबार) दिउँसो २ बाट लागेको आगो तत्काल निभाउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार सामुदायिक वनको भिरमा आगो लागेकोले तत्काल निभाउन सकिने अवस्था नरहेको हो ।

स्थानीयको सहयोगमा आगो निभाउने पहल भएपनि सम्भावना कम रहेको बताइएको छ । जंगलमा आगो लागेपनि बस्तीमा भने आई नपुगेको जनाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics