कोटीहोमका नाममा काटिएका काठदाउरा पोखरामा महानगरले गर्यो जफत
- नेचर खबर
काठमाडौं । पोखराका सडक र चौताराका रुखविरुवा काटेर कोटीहोमका नाममा जम्मा गरिएका काठदाउरा महानगरपालिकाले जफत गरेको छ ।
लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा जम्मा गरेर राखिएको अवस्थामा नगर प्रहरीले बुधबार काठदाउरा जफत गरेको हो ।
मानव सेवा फाउन्डेसनले पोखरामा ३ महिनाभन्दा बढी कोटीहोम चलाउने भन्दै पोखराका सडक तथा चौताराका रुख मुठारेको थियो ।
ऐतिहासिक एवं महत्वपूर्ण चौतारा तथा सडकका रुख ठुटो बनाएपछि महानगरको पनि चर्को आलोचना भइरहेको छ । रुख मुठराउन महानगरले नै मौन स्वीकृति दिएको भन्दै सरोकारवालाले आलोचना गर्दै आएका थिए ।
तर, महानगरले भने कोटीहोम आयोजकले आफूहरुसँग अनमुति नलिएकोले कारबाही गर्ने बताउँदै आएको थियो । मंगलबार मिडियासँग कुरा गर्दै महानगर मेयर आचार्यले अनुमतिबेगर पोखरामा कोटीहोम चल्न नदिने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस