युएसएआइडीका कर्मचारीलाई अमेरिका फर्किन आदेश, बाँकीलाई बिदा

काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले विश्वभर रहेका आफ्ना कार्यलयमा कार्यरत अमेरिकी नागरिकलाई अमेरिका फर्किन निर्देशन दिएको छ ।

युएसएआइडीले सूचना मार्फत विभिन्न देशबाट अमेरिका फर्किन र बाँकी करारका कर्मचारीलाई शुक्रबार रातिबाट बिदामा बस्न भनेको छ । यो निर्देशन नेपालस्थित कार्यालयमा लागू हुनेछ ।

अमेरिका बाहिर नियुक्त भएका कर्मचारीहरूका लागि युएसएआइडीले मिसनहरू र विदेश मन्त्रालयको समन्वयमा योजना बनाइरहेको जनाएको छ ।

यूएसएआईडीले ३० दिनभित्र अमेरिका फर्किनका लागि आफ्नो यात्राको व्यवस्थापन गर्न पनि निर्देश गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसआईडीको सहायता तीन महिनाका लागि रोकेका थिए ।

वासिङ्टन पोस्टका अनुसार, सन् २०२३ मा युएसएआइडीले विश्वका १०० भन्दा बढी देशमा ४० अर्ब अमेरिकी डलर (करिब ५५ खर्ब ३७ अर्ब रुपैयाँ) खर्च गरेको थियो ।

यूएसएआईडीका संसारभरीका कार्यालयहरूमा १० हजारभन्दा बढी कार्यरत रहेको जनाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics