चुरेका पूर्व सदस्य भेषराजले गाडी फिर्ता गरेनन्
- नेचर खबर
![](https://naturekhabar.com/wp-content/uploads/2025/02/bheshraj_churey.jpg)
काठमाडौं -पाटन उच्च अदालतको आदेशबाट बर्खास्त भएका राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका पूर्व सदस्य भेषराज आचार्यले समितिको गाडी र सामग्रीहरू जागिर खोसिएको ५० दिन बितिसक्दा पनि फिर्ता गरेका छैनन् ।
अदालतले आदेश दिएको ५० दिन बितिसक्दा पनि उनले समितिको बी ए ए ७६१३ नम्बरको स्कर्पियो गाडी र ल्यापटप अझै फिर्ता गरेका छैनन् । समितिका सदस्य सचिव गणेश पौडेलका अनुसार गत १४ गते अदालतको पूर्णपाठसहितको जानकारी आचार्यकाे इमेलमा पठाइसकिएको छ । पौडेलले नेचर खबरसँग भने, ’मेरो उहाँसँग कुरा भएको थियो, एक- दुई दिनमा फिर्ता गर्छु भन्नु भएको छ ।’
समितिले गाडी र सामग्री फिर्ता गर्न आचार्यलाई दुई पटकसम्म लिखित आग्रह गरिसकेको छ । पाटन अदालतले दुवै सदस्यलाई समिति सदस्य हुन अयोग्य भएको ठहर गर्दै बर्खास्त गर्न आदेश दिएको हो । पाटन अदालतकै आदेशबाट बर्खास्त भएका अर्का सदस्य शशी शर्माले भने आफ्नो गाडी फिर्ता गरेका छन्
प्रतिक्रिया दिनुहोस