योजना आयोगका पूर्व सदस्य बुढाथोकीको निधन

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. प्रभु बुढाथोकीको निधन भएको छ । बुढाथोकी योजना आयोगका निवर्तमान सदस्य थिए ।

डा. मीनबहादुर श्रेष्ठ पहिलो पटक आयोगको उपाध्यक्ष हुँदा सदस्य नियुक्त भएका बुढाथोकी डा. श्रेष्ठ दोस्रो पटक उपाध्यक्ष बनेका बेला पनि सदस्य बनेका थिए ।

रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक श्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले बेलायतको रिसोर्स गभर्नेसमा विद्यावारिधि गरेका थिए ।

त्रिभुवन विश्व विद्यालयबाट तथ्यांकशास्त्रमा स्नातक गरेका बुढाथोकीले भारत र बेलायतबाट छुट्टाछुट्टै विषयमा स्नातकोत्तर गरेका थिए।

नेपालबाहेक बुढाथोकीसँग इरान, बेलायत, बंगलादेश जस्ता मुलुकहरूमा काम गरेको अनुभव थियाे ।

राष्ट्रिय योजना आयोगको सदस्य भइसकेका बुढाथोकीसँग त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको अनुभव हुनुका साथसाथै युएनडिपी, युएसआईडी, युनेस्को जस्ता संस्थाहरुमा काम गरेको अनुभव समेत रहेको थियाे।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics