गाउँ पसेको बाघले आक्रमण गर्दा ३ घाइते

सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेको  बाघले केही व्यक्तिलाई आक्रमण गरेको छ। बिहानै गाउँ पसेको बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, इलाका वन कार्यालय फत्तेपुर र कोसी टप्पु वन्यजन्तु आरक्षको टोली परिचालित भएको छ।

ठूलो संख्यामा रहेको टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरे पनि अहिलेसम्म नसकेको डिभिजन वन कार्यालय सप्तरीका सूचना अधिकारी बैजनाथ मण्डलले जानकारी दिए।

शिवालय टोलमा रहेको रिजन गोसाईंको घरमा छिरेर बाघले उनी माथि आक्रमण गरेको छ। लगत्तै स्थानीय कृष्ण विष्टलाई आक्रमण गरेको छ।

बाघ गाउँमा पसेपछि सप्तकोसी नगरपालिका- १ फत्तेपुर, शिवालय टोलका नागरिक त्रसित भएका छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics