भियतनाममा बुआलोइ नामक आँधी, मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
- नेचर खबर

काठमाडाैं । भियतनाममा बुआलोइ नामक आँधीका कारण १२ जनाको मृत्यु भएको छ । मध्य र उत्तर क्षेत्रमा आएको आँधीका कारण सयौं घरहरुमा समेत क्षति पुगेको छ । १३ जना अझै बेपत्ता छन् ।
टाइफुनका कारण अन्य ३३ जना घाइते भएको स्थानीय दैनिक अखबार नहान दान (पिपल) ले रिपोर्ट गरेको छ ।
टाइफुनका कारण आएको आँधीले धेरै सार्वजनिक पूर्वाधार, घरहरू, माछा मार्ने डुङ्गालाई क्षति पुर्याएको जनाइएको छ ।
यसै गरी उत्तरी र मध्य भियतनाममा बिजुली बाढीको प्रभाव पछि कटौती भएको रिपोर्ट गरिएको छ ।
भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै अधिकारीलाई आँधीबेहरी र त्यसपछिको बाढीलाई द्रुत रूपमा सम्बोधन गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस