युक्रेनको ओडिसामा भारी वर्षाका कारण ९ जनाको मृत्यु

काठमाडाैं । युक्रेनी सहर ओडिसामा आएको भारी वर्षाले निम्त्याएको बाढीका कारण दक्षिणी बन्दरगाह सहरमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

लगातार सात घण्टामा भएको वर्षाको कारण प्रभावितहरूलाई उद्धारकर्ताहरूले सुरक्षित स्थानमा स्थानान्तरण गरेको अधिकारीहरूले बताएका छन् ।

जेलेन्स्कीले वर्षाका कारण परिस्थिति असामान्य भएको र एक जना व्यक्ति अझै बेपत्ता रहेको बताए ।

बाढीमा फसेका ३६२ जनालाई उद्धार गरिएको आपत्कालीन सेवाले जनाएको छ । मेयर गेन्नाडी त्रुखानोभले स्थिति चुनौतीपूर्ण भए पनि नियन्त्रणमै रहेको बताए ।

युक्रेनमा आज पनि अझै खराब मौसमको जोखिम रहने पूर्वानुमान गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics