सगरमाथा क्षेत्रको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त, सुरक्षित रहन आग्रह
- नेचर खबर

काठमाडाैं । सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको छ।
नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले उक्त खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
टानले पदयात्रीहरूलाई मुख्य पदमार्ग अवरुद्ध भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
मूल बाटोभन्दा २र३०० मिटर माथि रहेको खच्चर हिँड्ने वैकल्पिक बाटोबाट हिँड्न सकिने टानले जनाएको छ ।
संघले सबै ट्रेकिङ एजेन्सीहरू, गाइड र पदयात्रीहरूलाई सुरक्षा प्राथमिकता दिँदै आवश्यक तयारीसहित यात्रा गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस