मन्त्री घिसिङ र अर्याल इलाम जाने कार्यक्रम स्थगित
- नेचर खबर

काठमाडौं । मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्याल आज इलाम जाने भनिएको कार्यक्रम स्थगित भएको छ ।
काठमाडौंबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भएको थियो ।
‘इलाम जान भनेर काठमाडौंबाट ११ बजे प्रस्थान गर्ने भन्ने तयारी थियो । तर ११ बजेभन्दा अगाडिको टिकट पाएमा अगाडि नै जाने भन्ने भयो तर नपाएपछि आज इलाम जाने कार्यक्रम क्यान्सिल भयो,’ गृहमन्त्रालय स्रोतले भन्यो ।
राहत सामग्री समेत बोकेर छिट्टै इलाम जाने कार्यक्रम बनाउने मन्त्रालयका एक अधिकारीले बताए ।
असोज १८ गतेको भिषण वर्षाले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस