विक्रि गर्न ल्याइएका १८ मरेका बाख्रा समातियो



काठमाडौँ उपत्यकामा विक्रि गर्ने उद्येश्यले ल्याइएका १८ वटा मरेका बाख्रा पशुपंछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रण गरेका छन्।

मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ५ ख २७७० नं को यात्रुवाहक बसमा व्यवसायी रामबाबु ठाकुरले ४ वटा जिउँदो बाख्रासहित १८ वटा मरेका बाख्रा ल्याएको भेटेपछि ठाकुरलाई नियन्त्रणमा लिएको पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले बताए ।



पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार ऐनअनुसार उपभोक्तालाई छलेर दूषित मासु बिक्री गरेको अभियोगमा व्यवसायीमाथी पाँच हजार रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ ।



यसरी मरेको जीवजन्तु विक्री गर्ने उद्देश्यका साथ भित्र्याएको यो पहिलो पटक होइन । यसअघि पनि विभिन्न समयमा यस्ता क्रियाकलाप हुँदै आइरहेका छन् । जेठको तेस्रो साता पनि प्रहरी र क्वारेन्टाइनको संयुक्त टोलीले नागढुंगाबाट मरेका खशी राँगा बरामद गरेको थियो।

तस्विर: युवकध्वज जिसिकाे फेसबुकबाट

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics