झरीमा रुझेरै उत्साहजनक मतदान

कञ्चनपुरको कृष्णपुरमा छाता अाेडेर मतदान गर्दै मतदाताहरु । तस्विर : नेचर खबर


असारे झरी र बाढी पहिरोको परवाह नगरी लाखौं मतदाता मतदानमा सहभागि बनेका छन् । दोस्रो चरणको स्थानीय चुनावमा मतदाताहरु मत प्रयोग गर्न उत्सापूर्वक सहभागी भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । प्रदेश नम्बर १, ५ र ७ का उच्च हिमाल देखि मैदानी तराई मधेससम्मका मतदाताहरु उत्साहपुर्ण रुपमा चुनावमा सहभागि देखिएका छन् ।

मध्य असारको चुनाव भएपनि मतदाताको उत्साहजनक उपस्थिति रहेको छ । धान रोप्ने समय भएपनि मुलुकमा लामो समयपछि भइरहेको स्थानिय तहको निर्वाचनमा सहभागि हुन पाएकोमा खुसि भएको मतदाता हरुको भनाई छ ।

वर्षातका कारण मतदातालाई लाइनमा बस्न र मतदान गर्न समस्या भएको छ । भिजेका हातले मतदान गर्दा बदर हुने सम्भावना बढी देखिएको छ । विशेष गरी पहाडी जिल्लामा वर्षाले समस्या पारेको छ ।

दोस्रो चरणको निर्वाचनमा कुल ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिँदैछन् । जसका लागि ८ हजार ३६४ मतदान केन्द्र राखिएको निर्वाचन आयोगले जनाएको छ ।

१५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनका लागि ६२ हजार ४०८ उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । जसमा एक महानगरपालिका, ७ उपमहानगरपालिका, एक सय ११ नगरपालिका र २१५ गाउँपालिका तथा २८७४ वडा छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics