चारकिलाेमा पहिराे खस्याे, फेरी नारायणगढ–मुग्लिन सडक अवरुद्ध
- नेचर खबर
 
                                                        
नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि बुधबार पहिरो खसेको छ । बुधबार दिउँसो साढे तीन बजे ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थिते चारकिलोमा पहिरो खसेको हो । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
पहिरो पन्छाउन तीन घन्टा बढी लाग्ने अनुमान प्रहरीले गरेको छ । पहिरो झरेलगत्तै डोजरले पन्छाउने काम थालेको छ ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस