संरक्षणलाई माया गर्ने गायक चेस्टरले गरे आत्महत्या



विश्वमै चर्चित अमेरिकी गायक तथा वातावरण संरक्षणमा योगदान गरिरेहेका चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन् । चेस्टर संरक्षणको क्षेत्रमा पनि संगित जतिकै सक्रिय थिए । उनले विश्ववन्यजन्तु संरक्षण कोषमार्फत संरक्षणको काममा सहयोग गदै आइरहेका थिए ।

आफ्नो पछिल्लो गीति एल्बम् ‘वान मोर लाइट’को प्रचार प्रसारमा व्यस्त रहेका ४१ वर्षीय चेस्टरले शुक्रबार आत्महत्या गरेका हुन् ।

उनको शव घाँटीमा फाँसी लगाएको अवस्थामा उनकै घरबाट लस एन्जलस प्रहरीले फेला पारेको बीबीसीले जनाएको छ । परिवारका सदस्यहरू बाहिर गएको बेला चेस्टरले आत्महत्या गरेको प्रहरीले बताएको छ । यस सम्बन्धी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अन्तर्रा्ष्ट्रिय स्तरको सांगीतिक समूह लिंकन पार्कका प्रमुख गायक समेत रहेका चेस्टरले लागु औषध सेवन गर्दै आएका थिए । आफ्नो नयाँ गीति एल्बमको प्रचारका लागि उनी पछिल्लो समयमा थुप्रै देशहरूको भ्रमणमा समेत गएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics