बझाङमा स्यालको आक्रमणबाट २५ जना घाइते

फाइल फाेटाे


बझाङको जयपृथ्वी नगरपालिकामा स्यालको अमक्रमण बाट २५ जना घाइते भएका छन् । स्यालको टोकाइबाट नगरपालिकाको वडा नं ३ र ४ का गरी २५ घाइते भएका छन् ।

स्यालको टोकाइबाट जयपृथ्वी नगरपालिका–४ का वडाध्यक्ष गगन खातीसहित शेरबहादुर खाती, वीरेन्द्र सार्की, कविराज जोशी, गगन उपाध्याय, राजु उपाध्याय, सुर्य थापालगायत १५ जना घाइते भएकोे स्थानीयले बताएका छन् ।

नगरपालीकाकै वडा नं ३ पडेसमा पनि स्यालकै आक्रमणबाट झन्डै ६ जना घाइते भएका छन् । स्यालको टोकाइबाट जयपृथ्वी नगरपालिका–३ का सुशील खाती घाइते भएका छन् ।

जयपृथ्वी नगरपालिका ३ पडेसमा रहेको आर्मी ब्यारेकमा डिउटीमा रहेका आर्मीलाई समेत स्यालले आक्रमण गरी घाइते बनाएको छ । स्यालको आक्रमणबाट अहिलेसम्म २५ जना बढी घाइते भएका छन् । शनिबार साँझ मात्रै स्यालको आक्रमणबाट गोलाइका ८ जना घाइते भएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics